मृत भेटिए जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर पौडेल
बारा | असोज २६, २०८०
बारा: बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् ।
बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।
पौडेल अघिल्लो कार्यकालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन भने उनी एमाले मधेश प्रदेशका पूर्वसचिव पनि हुन् । हालै सम्पन्न प्रदेश अधिवेशनमा भने उनको सहभागिता थिएन।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

